Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • मनोनयन दर्ताबाटै कांग्रेसले कमायो ५८ लाख ९५ हजार

    मनोनयन दर्ताबाटै कांग्रेसले कमायो ५८ लाख ९५ हजार

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ताबाटै ५८ लाख ९५ हजार आम्खानी गरेको छ। कांग्रेसले १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको हो।

    १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो। समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो।



    निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ। त्यसैगरी, उपसभापतिका सात जना प्रत्याशीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ।



    २० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ। केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार