Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पौडेल पक्षका नेताहरुलाई घरमै छाडेर देउवा भेट्न बालुवाटार पुगे शशांक

    पौडेल पक्षका नेताहरुलाई घरमै छाडेर देउवा भेट्न बालुवाटार पुगे शशांक

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका छन् ।

    महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् । आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् ।



    कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरु बैठकमा बसिरहेका छन् ।



    अहिलेसम्मको अवस्था हेर्ने हो भने नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । यो समाचार तयार पर्दासम्म सभापतिमा शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

    संस्थापन इतर समूहबाटै दुई जना उम्मेदवार हुने देखिएका बेला पौडेल र शशांकले कसलाई समर्थन गर्ने भन्ने अझै खुलेको छैन । यस्तो अवस्थामा घरमा जारी बैठक छाडेर शशांक देउवा भेट्न बालुवाटार गएको हुँदा त्यहाँबाट कुनै ठोस निर्णय आउन सक्ने आँकलन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार