Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • देउवा र सिटौला एकै ठाउँमा, रातारात भयो यस्तो सहमति

    देउवा र सिटौला एकै ठाउँमा, रातारात भयो यस्तो सहमति

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ ।

    महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ ।



    सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो । यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको थियो ।



    ‘प्रदीपजी महामन्त्री र उमाकान्तजी सहमहामन्त्रीमा उठ्ने तय भयो, अरू विषयमा छलफल हुन बाँकी छ, सहमतिको अन्तिम मोडालिटी छिट्टै तय हुन्छ,’ नेता प्रधानले भने । सिटौला भने महाधिवेशनमा उठ्ने विषयमा कुनै निर्णयमा पुगिसकेका छैनन् । आजको राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार