Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना संक्रमित बालक भेटिएपछि सर्लाहीको हरकठवा टोल सिल

    कोरोना संक्रमित बालक भेटिएपछि सर्लाहीको हरकठवा टोल सिल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 2.3K
    SHARES

    मलंगवा । सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवा टाेल सिल गरिएकाे छ। १४ वर्षीय बालकमा कोरोना भाइरसको पीसीआर टेस्ट पोजेटिभ देखिएपछि टोल सिल गरिएको हाे । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको जानकारी दिएका छन्।

    बैशाख ५ गते र्‍यापीड डायग्नोष्टिक टेष्ट (आरडीटी) पोजेटिभ देखिएका बालकलाई थप स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । जनकपुरबाट पीसीआर टेस्ट निगेटिभ आएपछि बालकलाई घर पठाइएको थियो । तर, बिहीबार दिउँसो काठमाडौंबाट पीसीआर टेस्ट पोजेटिभ आएपछि टोल सिल गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।



    प्रादेशिक अस्पतालमा दुईपटक गरिएको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि घर फिर्ता गरिएको थियो । किशोरसँगै क्वारेन्टाइनमा बसेका अन्य एकजनालाई पनि पीसीआर टेस्टका लागि जनकपुर लगिएको थियो । दुबैको रिपोर्ट निगेटिभ आएको थियो ।



    आइतबार किशोरसँगै दुवैजनाको रिपोर्ट नेगेटिभ आएपनि बिहीबार भने काठमाडौंको टेकु अस्पतालबाट किशोरको पोजेटिभ रिपोर्ट भन्ने खबर आएको हो । काठमाडौंबाट ४ दिनपछि पुनः पोजेटिभ भनेर आउँदा अचम्म लागेको प्रहरी उपरीक्षक पोखरेलले बताए । ती किशोर गत चैत २३ गते भारतको दिल्लीबाट आएका थिए । दिल्लीको झोला कारखानामा काम गर्ने उनी रौतहटको गौरबाट नेपाल छिरेर बागमती नदी तर्दै घर आउँदै गरेको सूचना गाउँलेले दिएपछि प्रहरीले बाटैबाट नियन्त्रणमा लिएर गाउँपालिका कार्यालयले स्थापना गरेको क्वारेन्टाइनमा राखेको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार