Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रहरीको वढुवामा आफ्नै अभिव्यक्तिको खिल्ली उडाउँदै गृहसचिव न्यौपाने

    प्रहरीको वढुवामा आफ्नै अभिव्यक्तिको खिल्ली उडाउँदै गृहसचिव न्यौपाने

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह लगाइदिएपछि सम्बोधन गर्ने क्रममा गत माघ २९ गते गृहसचिव महेश्वर न्यौपानेले भनेका थिए-‘प्रहरी संगठनभित्र व्यक्ति केन्द्रीय दौडाहा बढेको हुँदा यसले अधिकृतको व्यवसायिकतामा पनि सम्झौता गरेको छ ।’

    न्यौपानेले त्यतिखेर प्रहरीमा  अलिकति प्रतिष्पर्धात्मक भावना बढी भयो कि ? भन्दै चिन्ता जनाएर प्रश्न गरेका थिए। तर. अहिले उनै न्यौपानेले



    प्रहरीको सरुवा र वढुवामा ठाडो हस्तक्षेप गर्दा  प्रहरी संगठनमा भद्रगोल मच्चिएको छ। जसका कारण अधिकृतको व्यवसायिकतामा पनि सम्झौता भएको प्रहरी अधिकारीहरुको टिप्पणी छ।



    अदालतमा मुद्दा चलेका र बिबादितलाई वढुवा नगर्ने नीति बनाएको दाबी गर्ने गृहसचिव न्यौपानेले डीएसपीबाट एसपी बढुवा सिफारिस गर्दा कनिष्ट, विवादित र अदालतमा मुद्दा चलेकालाई सिफारिस गरेर आफ्नै अभिव्यक्तिको खिल्ली उडाएका छन्।

    १९ जना एसएसपीहरूको बढुवामा गृहसचिव महेश्वर न्यौपानेले जुनियर र कारवाही भोगेकालाई बढुवा गरेपछि प्रहरीभित्र भद्रगोल मच्चिएको हो ।  बुधबार राति भएको  २४  डीएसपीको एसपी बढुवामा सबैभन्दा चर्को हस्तक्षेप देखिएको छ ।

    जसमा आइजीपी ठाकुरप्रसाद ज्ञवालीले अडान लिनै नसकेको र गृहमन्त्रालयबाट आएको नाम सदर गर्न उनलाई वाध्य बनाइएको थियो।

    स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट आएको नाम भन्दै डिएसपी र एसपीलाई आफ्नो स्वार्थ अनुसार  न्यौपानेले वढुवा गरेका छन् । तक्मा पाएका र इन्स्पेक्टरबाट डीएसपी बढुवा हुँदा १ र २ नम्बरमा बढुवा भएका भुवनेश्वर तिवारी र ऋषिराम कँडेल पनि एसपी बढुवामा पर्न सकेनन् ।

    प्रधानमन्त्री कार्यालयदेखी  राजनीतिक नेतृत्वलाई प्रभावमा पार्न नसक्दा उनीहरु छुटेका छन् । कँडेलले यही बर्ष उत्कृष्ट काम गरेबापत सरकारबाट तक्मा समेत पाएका थिए ।

    संगठनले उत्कृष्ट काम गरेको भनेर तक्मा सिफारिस गरेका कँडेल बढुवामा पर्न सकेनन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित समातेर विशेष अदालतमा मुद्दा दायर गरी रिहा भएका नै बढुवामा परेका छन् ।

    बढुवामा उनका बिबादित भान्जा सुजन पौडेलले आर्थिक चलखेल गरेको आरोप लागेको छ।

    न्यौपाने अख्तियारको सचिव छंदा बिबादित भान्जा पौडेलले बालुवा तस्करीमा घुसको डिल नमिलेपछि बौद्दका डिएसपी श्याम कुमार राईलाई घुससहित पक्राउ गराएका थिए।

    पौडेलले प्रहरीमा मामाको नाम भजाउँदै बालुवा तस्करीदेखि ठेक्काको काम गर्न थालेको भन्दै विभिन्न संचारमाध्यममा समाचार छाएका थिए । उनले पछिल्लो समय प्रहरीको ठेक्कापट्टामा पनि चलखेल गर्न थालेको गृह स्रोत वताउँछ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार