Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • २४ घण्टे अल्टिमेटमले ओली गले,अध्यादेश फिर्ता लिने निर्णय

    २४ घण्टे अल्टिमेटमले ओली गले,अध्यादेश फिर्ता लिने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं ।  सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमार्फत वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराएका थिए । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । जसका कारण राष्ट्रपति समेत बिबादमा परेकी छन् ।



    भैँसेपाटीमा बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो ।



    उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यको बैठकले ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरको थियो। बैठकले ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार