Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • देशैभर धुम्रपान गर्न प्रतिबन्ध

    देशैभर धुम्रपान गर्न प्रतिबन्ध

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । न्युजिल्याण्डमा धुम्रपान गर्न नपाइने भएको छ। हालै त्यहाँको सरकारले धुम्रपानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    सरकारी अधिकारीहरुका अनुसार सरकारले भावी पुस्तालाई लक्षित गरी सुर्तीजन्य पदार्थ बिक्री र सेवन पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको हो।



    तर यो नयाँ कानुन सन् २०२५ देखिमात्र लागू हुनेछ। नयाँ कानुनअनुसार सन् २०२५ देखि १४ वर्ष र सो भन्दा कम उमेर समूहका व्यक्तिले सुर्तीजन्य पदार्थ किन्न र सेवन गर्न पाउने छैनन्। धुम्रपानमाको बानी हटाउन न्युजिल्याण्डले भारी मूल्य वृद्धि गर्नेसमेत जनाएको छ।



    न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो। न्युजिल्याण्डलाई धुम्रपानमारहित मुलुक बनाउन भावी पुस्ताको लागि नयाँ कानुन ल्याइएको स्वास्थ्य मन्त्री डा. आयशा भिर्रेलले बताएकी छन्। ‘हाम्रा जनताको स्वास्थ्यका लागि आजको निर्णय ऐतिहासिक बनेको छ,’ उनले भनेकी छन्।

    धुम्रपानमा बिक्री वितरणका लागि कानुनीरुपमा वैधानिकता पाएका पसलहरु र तोकिएका पसलहरुबाट मात्र बिक्री वितरण गर्ने गरी काम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यद्यपि, १४ वर्षभन्दा माथिका अन्य व्यक्तिको लागि विद्युतीय चुरोट र भेप प्रयोगमा गर्न पाउने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार