भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठको हत्यामा संलग्न रहेकोअभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् ।
भक्तपुर प्रहरीका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर थिमी नगरपालिका वडा नं. ४ नयाँथिमी मध्यपुर अस्पताल नजिकैबाट र प्रेमलाई बुधबार बिहान ०९:४५ बजे काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार घटनाको कारण आर्थिक लेनदेन भएको अनुसन्धानमा खुलेको छ । हत्या गर्ने र शव समेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ ।
मंगलबार राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले श्रेष्ठको मृत्यु भएको घोषणा गरेको थियो।
श्रेष्ठ र विश्वकर्मालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
Leave a Reply