Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • भारतमा कोरोना संक्रमण तीब्र, २४ घण्टामा १६ सय बढी संक्रमित

    भारतमा कोरोना संक्रमण तीब्र, २४ घण्टामा १६ सय बढी संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ बैशाख २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र भएको छ । कोरोना संक्रमणको दर फैलिदै जाँदा मृत्यु हुनेको संख्या पनि त्यही अनुसार बढ्दै छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ सय ६९ नयाँ संक्रमित फेला परेका छन् ।

    यससंगै भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या सात सय २१ पुगेको छ । बिहीबार मात्र कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको तथ्यांक छ ।



    मृत्यु हुने र संक्रमितकोे संख्या अघिल्लो दिनको तुलनामा बढी हो । त्यहाँ बुधबार कोरोनाबाट ३६ जनाको मृत्यु भएको थियो भने १२ सय ९० नयाँ संक्रमित फेला परेका थिए । भारतमा कुल संक्रमितमध्ये ५ हजार १२ जना भने पूर्णरुपमा निको भइसकेका छन् । हाल १७ हजार ३०६ जना संक्रमित उपचाररत रहेको जनाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार