नयाँ दिल्ली । भारतीय वायु सेनाको हेलिकप्टर दुर्घटनामा परी सुरक्षा प्रमुख बिपिन रावतसहित १३ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार थिए । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डेर र लेप्टिनेन्ट कर्नेल हरजिन्दर सिंह सवार रहेका थिए ।
त्यस्तै, पीएसओहरू नायक गुर्सेवक सिंह, नायक जितेन्द्र कुमार, लेन्स नायक विवेक कुमार, लेन्स नायक एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।
रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।
Leave a Reply