Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या ४८ पुग्याे

    नेपालमा काेराेना संक्रमितकाे संख्या ४८ पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.9K
    SHARES

    नेपालमा काेराेना संक्रमितकाे संख्या ४८ पुगेकाे छ। भोजपुरका एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएकाे छ। ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।



    यसअघि बिहीबार नै १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो । नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। बिहीबार तीन जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका चारजना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।



    कोरोना भाइरस आशंकामा पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७ सय २२ को नमुना परीक्षण गरिएको छ। गत २४ घन्टामा ३ हजार ३ सय ५ नयाँ नमुना परीक्षण गरिएको छ।

    सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३५ वटा नमुना परीक्षण गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार