एजेन्सी । युनाइटेड अरब इमिरेट्स युएईले अब हप्तामा ३ दिन बिदा दिने भएको छ। सरकारले साप्ताहिक विदा परिमार्जन गरेको छ।
मंगलबार शुक्रबारदेखि आइतबारसम्म लागू हुनेगरी सरकारले साप्ताहिक विदा परिमार्जन गरेको हो। त्यहाँको संघीय सरकारले देशभर लागू हुनेगरी साप्ताहिक विदा परिमार्जन गर्ने निर्णय गरेको हो।
परिमार्जित नियम सन् २०२२ जनवरी १ देखि लागू हुने अरब न्युजमा खबर छ। परिमार्जित नियमअनुसार शुक्रबार आधा दिन अर्थात् बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् भने शनिबार र आइतबार पूर्ण विदा मिल्नेछ।
युएईमा हालसम्म शुक्रबार (आधा दिन) र शनिबार (पूर्ण) साप्ताहिक विदा हुँदै आएको छ। परिमार्जित नियमअनुसार सप्ताहबाहेक सोमबार बिहान ७ः३० देखि ३ः३० बजेसम्म कार्यालयहरु खुल्ने बताइएको छ।
Leave a Reply