Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • प्रहरी जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्तावबारे छलफल

    प्रहरी जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्तावबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अघि बढाएको छ।

    मन्त्रालय स्रोतका अनुसार मन्त्रालयमा प्रहरी नियमावली संशोधनको निर्णयबारे छलफल भइरहेको छ । जसमा सर्तसहित पेन्सन अवधि घटाउने प्रस्ताव रहेको छ।



    यसअघि गत वर्षको पुष २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।



    तर, पेन्सन पाउन २० वर्ष कुर्नुपर्ने सर्त राखिएको थियो । सेनामा यो निर्णय लागू भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि यो निर्णय लागू हुनुपर्ने माग गरिँदै आएको थियो ।

    हाल गृहले प्रहरी निरीक्षकदेखि माथिको पदमा २० वर्ष, जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष र सिपाही, फलोअर्सको हकमा १६ वर्ष पेन्सन अवधि बनाउने प्रस्ताव गरेको छ ।

    यसअघि सरकारलाई आर्थिक भार बढ्ने भन्दैअर्थ मन्त्रालयले पेन्सन अवधि घटाउने प्रस्ताव अस्वीकृत गर्दै आएको थियो । तर सेनाको प्रस्ताव सर्तसहित स्वीकृत भएपछि सोही प्रावधानअनुसार प्रहरीमा पनि पेन्सन अवधि घटाउने गृहकार्य चलिरहेको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार