Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • जनकपुरका शैक्षिक संस्था आजदेखि तीन दिनका लागि बन्द

    जनकपुरका शैक्षिक संस्था आजदेखि तीन दिनका लागि बन्द

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । जनकपुरधामको विद्यालय आज(मंगलबार)देखि तीनदिनको लागि बन्द भएको छ ।

    सीताराम विवाहपञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजि विद्यालय मंसिर २१,२२ र २३ गतेसम्मको लागि तीन दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो ।



    जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले गत आइतबार नै एक सूचना जारी गर्दै तीनदिनका लागि विदा घोषणा गरेका थिए ।



    विवाहपञ्चमी महोत्सवमा आउने श्रद्धालुभक्तजनलाई आवश्यक सहयोग गरिदिन समेत उपमहानगरले अपिल गरेको छ ।

    सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज राम र जानकीको मटकोर विधि मनाइँदै छ । भोलि स्वयम्बर र विवाहको कार्यक्रम हुने छ भने पर्सी बिहीबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

    विवाहपञ्चमी अव्लोकन गर्न देशका विभिन्न भाग तथा छिमेक देश भारतबाट तीर्थालु भक्तजन जनकपुर आउने क्रम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार