Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • चोलेन्द्रलाई महाअभियोग लगाउन सहयोग गरिदिन ओलीलाई कानून व्यवसायीहरुको आग्रह

    चोलेन्द्रलाई महाअभियोग लगाउन सहयोग गरिदिन ओलीलाई कानून व्यवसायीहरुको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।

    मंगलबार दिँउसो बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु बार एसोसिएसनको कार्यालयबाट बालकोट हिंडेका थिए ।



    आन्दोलनरत पदाधिकारीहरुले भेटमा प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोधसहितको ज्ञापनपत्र पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बुझाएका छन्।



    ओलीसंगको भेटमा अध्यक्ष श्रेष्ठले जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, न्याय प्रशासनको नेतृत्व गर्न नसकेको र स्वच्छ न्याय पनि दिन नसकेकाले उनको बहिर्गमन आवश्यक रहेको बताए ।

    यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएको थियो ।

    बारले जबराले मन्त्रिपरिषद्मा भाग खोजेको, न्यायालयमा विकृति, विसंगति, भ्रष्टाचारजन्य कार्य गरेको आरोप लगाएको छ। त्यस्तै, संवैधानिक परीक्षण गर्न दायर रिटको सुनुवाइमा ढिलाइ, संवैधानिक अंगमा पदाधिकारी नियुक्तिको रिटमा सुनुवाइ नगरी न्यायमा अवरोध गरेको बारको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार