Online Nepal
  • बुधबार, १० पुष २०८१
  • चोलेन्द्रलाई महाअभियोग लगाउन माग गर्दै ओली भेट्न बालकोट हिंडे बारका पदाधिकारीहरु

    चोलेन्द्रलाई महाअभियोग लगाउन माग गर्दै ओली भेट्न बालकोट हिंडे बारका पदाधिकारीहरु

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

    स्रोतका अनुसार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन् ।



    सर्वोच्च बारका अध्यक्ष शाक्यले अरु नेताजस्तै ओलीलाई पनि न्यायको विकृति विसंगति, भ्रष्टाचार र बिचौलिया अन्त्यमा प्रधानन्यायाधीश बाधक बनेको भन्दै जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोध गरिने बताए ।



    यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएको थियो ।

    बिगत ४० दिनअघि देखि प्रधानन्यायाधीश जबराविरुद्ध बारले आन्दोलन गर्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ। जबरामाथि मन्त्रिपरिषदमा भाग खोजेको, सर्वोच्चका मुद्धाहरुमा सेटिङ गरेकोलगायतका आरोपहरु लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार