Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • शिक्षा समिति सप्तरीले थाल्यो विद्यालयको छड्के अनुगमन

    शिक्षा समिति सप्तरीले थाल्यो विद्यालयको छड्के अनुगमन

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.6K
    SHARES

    सप्तरी । सरकारी विद्यालयको अवस्था खस्किदैं गएको पाइएपछि शिक्षा समिति, सप्तरीले विद्यालयको छड्के अनुगमन शुरु गरेको छ ।

    शिक्षक ढिलोगरी आउने टिफिनमै छुट्टी दिने, नाम दर्ता अनुसारको बालबालिका नआउने, शिक्षक आएपनि नपढाउनेजस्ता समस्या देखिएपछि समितिका पदाधिकारीले सोमबारदेखि विद्यालयको अनुगमन शुरु गरेका हुन् ।



    जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विजय मण्डल, शिक्षक महासंघका अध्यक्ष दिनेश यादव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवसहितको टोलीले पहिलो दिन राजविराजस्थित केशो अनिरुद्ध माविको छड्के अनुगमन गरेका हुन् ।



    अनुगमनका क्रममा शिक्षक उपस्थित भएको र पढाई भइरहेको पाइएपनि बालबालिका पढाईमा कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार कोर्षकै पुस्तकबाट सोधिएको प्रश्नको उत्तर बालबालिकाले दिन सकेनन् ।

    टोली प्रमुख समन्वय समितिका प्रमुख यादवले अनुगमन गर्दै गुणस्तरीय शिक्षाका लागि पहल गर्न शिक्षकहरुसँग आग्रह गरेको बताए ।

    प्रमुृख यादवले सरकारी विद्यालयमा पछिल्लो पटक बेथिती बढेको बढी सुनिन आएकाले विद्यालयको छड्के अनुगमन गर्न शुरु गरिएको बताए ।

    प्रमुख जिल्ला अधिकारी गौतमले जुनसुकै समयमा कुनै विद्यालयको एक्कासी पनि अनुगमन गर्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार