Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • मोदी र पुटिनको भेटप्रति अमेरिका र चीनको चासो , २० वर्षपछि सम्बन्ध सुधार

    मोदी र पुटिनको भेटप्रति अमेरिका र चीनको चासो , २० वर्षपछि सम्बन्ध सुधार

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.5K
    SHARES

    एजेन्सी। भारत र रुसबीच २० वर्षदेखिको वार्षिक बैठकको शृङ्खला केही समयको विश्रामपछि यस वर्ष फेरि सुरु भएको छ । कोभिड–१९ महामारीका कारण गत वर्ष दुई देशका प्रमुखबीच भेट हुन सकेन ।

    यस अवधिमा दुई देशबीच रक्षा बाहेक व्यापार र ऊर्जाका क्षेत्रमा पारस्परिक सहयोग बढाउनका लागि छलफल र सम्झौताहरू भएका छन्। भारत र रुसको धेरै क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा समान धारणा रहेको छ।  सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘यो वर्ष शान्ति, मैत्री र सहयोग सन्धिको पाँच दशक र रणनीतिक साझेदारीको दुई दशक पूरा भएको छ।’



    दुई देशबीच भएको सम्झौतामध्ये एके–२०३ असल्ट राइफलको सम्झौता सबैभन्दा महत्वपूर्ण मानिएको छ । यो सम्झौता अन्तर्गत सन् २०२१ देखि २०३१ सम्म इन्डो-रुसियन राइफल्स प्राइभेट लिमिटेडबाट करिब ६ लाख एके–२०३ राइफल खरिद गरिने छ ।



    यो राइफल प्रति मिनेट ६०० राउण्ड गोली हान्न सक्ने क्षमता छ । सेनाको साथसाथै यसलाई अर्धसैनिक बल, प्रहरीका विशेष विभागहरूमा पनि प्रयोग गर्न सकिन्छ।

    सन् १९९० को दशकमा भारतले स्वदेशी एसल्ट राइफल इन्सास बनाउन खोजेको थियो, जसलाई सेनाले प्रयोग गर्न नसकिने भन्दै अस्वीकार गरेको थियो।

    रुसको सहयोगमा सन् २०१९ मा उत्तर प्रदेशको अमेठीमा असल्ट राइफल बनाउने कारखाना स्थापना गरिएको थियो । यसको उद्घाटन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी आफै गएका थिए । यो रुससँग भारतको लाइसेन्स आधारित सम्झौता हो।

    लाइसेन्सको आधारमा सम्झौता भन्नाले सैन्य उपकरण उत्पादन गर्ने इजाजतपत्र विदेशी कम्पनीको हो र विदेशी कम्पनीले भारतसँग सम्झौता गरेको हो, जसका कारण यी उत्पादनहरू भारतमै बन्न थालेका छन् ।

    भारत र रुसबीच भएको सम्झौतामा प्रविधि हस्तान्तरण र मूल्य निर्धारणमा केही अवरोधका कारण अमेठी कारखानाको काम सुरु हुन सकेको छैन । यता, मोदी र पुटिन बीचको भेटलाई अमेरिका र चीनले निकै चासोका साथ हेरेका छन् – बिबिसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार