Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ज्यान मार्ने मुद्दाका अभियुक्त मेयर धरौटीमा छुटे

    ज्यान मार्ने मुद्दाका अभियुक्त मेयर धरौटीमा छुटे

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव धरौटीमा छुटेका छन्।

    जिल्ला अदालत सिरहामा धरौटी बुझाएर उनी रिहा भएका भएका हुन्। मेयर यादव ३० हजार धरौटीमा रिहा भएको जिल्ला अदालत सिरहाका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए।



    उनका अनुसार जुन घटनामा मेयरमाथि मुद्दा चलेको छ यसअघि त्यही घटनाका एक अभियुक्त ३० हजार धरौटीमा रिहा भएका थिए। एउटै घटना भएकाले मेयर यादवलाई पनि त्यति नै धरौटी लिएर छाडिएको हो।



    राहत वितरणको विषयमा भएको विवादमा मेयर यादवसहितका व्यक्तिले ज्यान मार्ने उदेश्यले आक्रमण गरेको भन्दै आमोद भनिने विजय कुमार यादवले उनीहरुमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका थिए।

    जिल्ला सरकारी वकिल कार्यालय सिरहाले मेयर यादवमाथि मुद्दा नचल्ने निर्णय गरेको थियो। तर मंसीर ३ मा उच्च सरकारी वकिल कार्यालय राजविराजले मुद्दा चलाउन आदेश जारी गरेको थियो।

    त्यसपछि मंसीर ८ मा जिल्ला सरकारी वकिल कार्यालयले मेयर यादवलाई हाजिर हुन र हाजिर नभए पक्राउ गरी पेश गर्न ईलाका प्रहरी कार्यालय मिर्चैयालाई पत्राचार गरेको थियो।

    ईलाका प्रहरी कार्यालयले भने मेयर यादवलाई पक्राउ गरेन। आज आफ्नो कानून व्यवसायी लिएर मेयर यादव जिल्ला अदालतमा हाजिर भएका थिए। अदालतले मागेको ३० हजार रुपैयाँ धरौटी तत्कालै बुझाएर मेयर रिहा भएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार