काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीहरुले भ्रम फैलाएको आरोप लगाएका छन् ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा खत्रीले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिए। ‘एमसीसीको विवादमा अल्झिएको देखिन्छ, यो लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भए पनि अमेरिकालाई प्रष्ट भने हुन्छ’, उनले भने ।
एमसीसी नेपालका र अमेरिकी अधिकारीका कारण विवादमा परेको उनको भनाइ थियो । एमसीसी संसद्बाट पारित गर्नुपर्ने कुरा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको प्रस्तावमा भएको उनले बताए।
गत ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि खत्रीलाई राजदूत सिफारिस गरेको थियो।
संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
Leave a Reply