Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय

    म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सुनाइयो चार वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता एवं प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।

    समाचार संस्था एएफपीका अनुसार त्यहाँको सरकारका प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्।



    सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।



    उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्‍याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ।

    गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार