Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राप्रपा अध्यक्ष बनेका लिङ्देनका बुबाले भने, ‘छोरो प्रधानमन्त्री बनेको हेर्ने इच्छा छ’

    राप्रपा अध्यक्ष बनेका लिङ्देनका बुबाले भने, ‘छोरो प्रधानमन्त्री बनेको हेर्ने इच्छा छ’

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.6K
    SHARES

    झकाठमाडौं । राजेन्द्र लिङदेन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेसँगै उनको पुर्ख्यौली थलो पाँचथरको हिलिहाङ ३ दोरम्बा र अमरपुरको गाँउबासी खुशी भएका छन्। आफ्नो गाउँठाउँको नेता एउटा राष्ट्रिय पार्टीको नेतृत्वमा पुग्दा उनीहरु हर्षित देखिएका छन्।

    झापामा रहेका लिङ्देनका पिता मानप्रसादलाई फोनबाट बधाई दिनेको ओइरो लाग्यो। मानप्रसादका लागि एक ठूलो उत्सव नै आएजस्ते अनुभव भयो।



    लिङ्देनका पिताले छोराको सानैदेखि राजनीतिमा सौख रहेको बताएका छन्। ‘राजेन्द्र कक्षा तीनमा पढ्दैगर्दा मेरो परिवार झापा बसाइ स¥र्यो, स्कुल पढ्दैदेखि उस्लाई राजनितिमा सौख थियो,’ मोहनप्रसादले भने।



    उनले अघि भने, ‘सानै उमेरमा साविक गोलधाप ३ को वडाध्यक्ष र राप्रपाको भातृ संघठन राप्रविसंघको सस्थापक सभापति भएसँगै उस्ले राजनितिमा उचाइ लिन्छ भन्ने बिश्वास जाग्न थाल्यो, २०६१ मा राजा ज्ञानेन्द्रले शाषन सत्ता हात लिए लगत्तै झापा जिविसको सभापति मनोनयन गरेपछि चुनौतीसँगै काम गर्दै उस्को आत्मबल थप दर्बिलो भयो।’

    पाँचथरको हिलिहाङ गाँउ पालिका अन्तरत साविक अमरपुर गाउ विकास समिति वडा नम्बर ३ दोरम्बा घर मानप्रसाद नेपाल प्रहरीमा जागिर खाने सिलसिलामा छिमेकी जिल्ला ताप्लेजुङको ढुंगेसाँगु १ मा रहेका बेला राजेन्द्र २०२२ सालमा त्यहि जन्मेका थिए।

    ‘कठिन परिस्थितिमा राप्रपाले उठाएका हिन्दु राज्य र संवैधानिक राजसंस्था लगायतका एजेण्डा लिएरै राप्रपाको अध्यक्षमा जित्यो। अब प्रधानमन्त्री बनेको देख्ने इच्छा छ,’ मानप्रसादले थपे। त्यस्तै उनले राजेन्द्रले देशको नेतृत्व गर्ने जिम्वेवारी पाए भ्रष्टाचार न्युनिकरणसँगै असल शासकको छवि बनाउने विश्वास पनि व्यक्त गरेका छन्।

    राजेन्द्र मानप्रसादका १० छोराछोरी मध्ये जेठा हुन । उनीका ४ जना भाइ र ५ जना दिदी बहिनी छन। मेची क्याम्पस भद्रपुरमा बिए पास गरेका उनले त्रिभुवन विश्वविद्यालयमा एमए सम्मको अध्ययन पुरा गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार