Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नागाल्याण्डमा सेनाको फायरिङबाट १३ जना सर्वसाधारणको मृत्यु, स्थिति तनावपूर्ण

    नागाल्याण्डमा सेनाको फायरिङबाट १३ जना सर्वसाधारणको मृत्यु, स्थिति तनावपूर्ण

    अनलाइन नेपाल
  • आइतबार, १९ मंसिर २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । भारतको नागाल्याण्डस्थित मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।



    मिडिया रिपोर्टका अनुसार गोप्य सूचनाका आधारमा उग्रवादी संगठनविरुद्ध कारबाहीका लागि सुरक्षाकर्मी तिरु–ओटिङ सडकमा एम्बुसमा बसेका थिए । तर उनीहरूले गाउँलेलाई विद्रोही सम्झेर गोली बर्साए ।



    गोप्य सूचनामा जुन रङ्गको गाडी भनिएको थियो, गाउँलेहरू त्यस्तै रङ्गको गाडीमा सवार भएर आएका थिए । गाडीको रंग एउटै पाएपछि सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोलाबारी सुरु गरेको समाचारमा उल्लेख छ।

    भारतीय मिडियाका अनुसार मारिने सबै मजदुर थिए । उनीहरू कामपछि एक पिकअप ट्रकको पछाडि बसेर घर फर्किँदै थिए । रातिसम्म घर नपुगेपछि गाउँलेहरूले उनीहरूको खोजी सुरु गरेका थिए । घटनाबारे थाहा पाएपछि आक्रोशित बनेका गाउँलेले सुरक्षाकर्मीको गाडीमा आगजनी गरेका थिए ।

    नागाल्याण्डका मुख्यमन्त्री नीफियू रियोले यस घटनालाई निन्दनीय बताएका छन् । उनले उनले यसबारे उच्चस्तरीय जाँच गरिने बताएका छन् । उनीले सबैलाई न्याय दिलाउने वाचा गर्दै शान्ति कायम गर्न अपिल गरेका छन् ।


    त्यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले पनि ट्वीट गर्दै घटनालाई दुर्भाग्यपूर्ण बताउँदै आफू यसबाट आफू दुखी भएको बताएका छन् । उनले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै न्याय दिलाउने बताएका छन् । बीबीसी हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार