मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि पुनः मतदान हुने भएको छ ।
शनिबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२, जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत ल्याएका थिए।
तर, कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान अनुसार आइतबार पुन: निर्वाचन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुनेछ ।
शनिबार भएको निर्वाचनमा कूल २ सय १५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो ।
Leave a Reply