Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बाबुरामजी चर्चित हुन अनेक राजनीतिक फण्डा गर्नुहुन्छ : सांसद बस्नेत

    बाबुरामजी चर्चित हुन अनेक राजनीतिक फण्डा गर्नुहुन्छ : सांसद बस्नेत

    भट्टराईको आरोप निकृष्ट

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेकपाका युवा नेता एवम् सांसद् महेश बस्‍नेतले पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले आफूलाई चर्चित बनाउन विभिन्न राजनीतिक फण्डाहरु मच्चाइरहेको आरोप लगाएका छन् ।

    समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराइले आफ्ना सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई सांसद महेश बस्नेतसहितको टोलीले अपहरण गरेर काठमाडौं ल्याएको आरोप लगाएका थिए ।



    आफ्नो मित्र समेत रहेका सांसद यादवको आग्रहमा उनको घर जनकपुर पुगेको र सँगै खाना खाएर काठमाडौं फकिएको बताउँदै सांसद बस्नेतले भने–‘बाबुरामजी लगायतले अपहरणको आरोप लगाउनुभयो र केही मिडियाले पनि कुरै नबुझी मलाई बदनाम बनाउने प्रयास गरे ।’



    उच्चस्तरीय संयन्त्रसँग सल्लाह गरे नै जनकपुर गएको बताउँदै सांसद बस्नेतले यादवको घरमै पुगेको र खाना खाएर तीनवटा गाडीमा सँगसँगै काठमाडौं फर्किको बताए ।

    ‘सुरेन्द्र यादव मेरा मित्र हुनुहुन्छ । म, सांसद् किसान श्रेष्ठ र पूर्व आईजी सर्वेन्द्र खनाल उहाँको घर पुगेका हौं । उहाँले पारिवारिक आतिथ्यमा खाना खुवाउनुभयो । हामी सँगै काठमाडौं आएका पनि हौं ।’ सांसद बस्नेतले भने

    यादवलाई होटलसम्म पु¥याएर घर फर्केपछि अपहरण गरेको भन्ने समाचार आउँदा आफू आश्चर्यमा परेको पनि सांसद बस्नेतले बताए ।

    सांसद बस्नेतले भने–‘पूर्व प्रधानमन्त्री हुनु भइसकेको व्यक्तिलाई अझै चर्चा कमाउन मन रहेछ । चर्चित् हुन अनेक राजनीतिक फण्डा गर्नुहुन्छ ।’

    ‘फरक पार्टीको भएपनि हामी दुबै जना सांसद नै हौं । फरक पार्टीका मानिसको घरमा जान हुँदैन भन्ने बाबुराम भट्टराईको चिन्तन नै गलत छ ।’ बस्नेतले भने ।

    आफ्नो पार्टीका सांसद् अरु पार्टीका मानिससँग हिँड्दाबोल्दा अपहरणको आरोप लगाउने बाबुराम भट्टराईको आरोप निकृष्ट रहेको बताउँदै सांसद बस्नेतले भट्टराईलले साइबर क्राइम गरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार