Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधान न्यायाधीशविरुद्धको महाअभियोग बारे राजनीतिक दलको सहमतिमा निर्णय हुन्छ : प्रचण्ड

    प्रधान न्यायाधीशविरुद्धको महाअभियोग बारे राजनीतिक दलको सहमतिमा निर्णय हुन्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 843
    SHARES

    फाइल फोटो

    चितवन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीचको सहमतिका आधारमा मात्र हुने बताएका छन् ।

    महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् ।



    माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने‘एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार