Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस सुदूरपश्चिम प्रदेश: नेतृत्व चयनका लागि मतदान हुँदै

    कांग्रेस सुदूरपश्चिम प्रदेश: नेतृत्व चयनका लागि मतदान हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.4K
    SHARES

    धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पहिलो पटक भइरहेको प्रदेश अधिवेशनबाट कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । कार्यसमिति चयनका लागि बिहान १० बजे देखि मतदान सुरू भएको निर्वाचन अधिकृत अधिवक्ता वीरबहादुर जेठाराले जानकारी दिए । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा छन् ।

    संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहति चुनावी मैदानमा छन् ।



    संस्थापन पक्षबाट प्रदेश उप-सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह-महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।



    यस्तै संस्थापन इतर पक्षबाट उप-सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह-महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

    निर्वाचनबाट एक सभापति, दुई जना उप-सभापति, एक महिलासहित तीन जना महामन्त्री चयन गर्नेछ । अधिवेशनमा नौ जिल्लामा पर्ने १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट साढे नौ सय प्रतिनिधि सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार