Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • चोलेन्द्रले कलंकको टीका लगाइसके, बहिर्गमनको विकल्प छैन: वरिष्ठ अधिवक्ता कार्की

    चोलेन्द्रले कलंकको टीका लगाइसके, बहिर्गमनको विकल्प छैन: वरिष्ठ अधिवक्ता कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कलंकको टीका लगाइसकेको र जतिसक्दो चाँडो बहिर्गमनको बाटो रोज्नुपर्ने बताएका छन् ।

    शुक्रबार नेपाल बार एसोसिएसनको प्राङ‍गणमा आयोजित न्यायपालिकाको सुधार, सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता कार्कीले यस्तो बताएका हुन् ।



    ‘जबराको वेइमानीलाई इतिहासले पनि माफी दिँदैन’, कार्कीले भने, ‘उहाँले जसरी भएपनि बहिरगमनको बाटो रोज्नुपर्छ, उहाँले कलंकको टिका लगाइसक्नु भयो ।’



    यस्तै, कार्यक्रममा बोल्दै कानुन व्यवसायीहरुले जबरालाई बहिर्गमनको विकल्प नभएको धारणा राखेका छन् ।

    प्रधानन्यायाधी जबराले मन्त्रिपरिद्मा भागबण्डा खोजेको, न्यायिक क्षेत्रमा भ्रष्टाचार बढाएको भन्दै करिब १ महिनादेखि कानुन व्यवसायीहरु आन्दोलित छन् । उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार