Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जनता पार्टीका नेताकाे यस्ताे छ मर्यादाक्रम

    जनता पार्टीका नेताकाे यस्ताे छ मर्यादाक्रम

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडाैँ। काठमाडौं। अन्तत: राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार राति पार्टी एकता घोषणा गरिएको छ। एकीकृत पार्टीको नाम ‘जनता समाजवादी’ राखिएको छ भने झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा र चुनाव चिन्ह छाता हुने वताइएको छ ।

    पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। राजपा नेपालका महासचिव केशव झाले दिएको जानकारी अनुसार एकीकृत पार्टीको मर्यादाक्रममा पहिलो स्थान महन्थ ठाकुरको रहनेछ भने दोस्रो स्थान डा बाबुराम भट्टराईको रहने समेत सहमति भएको छ ।



    ‘पार्टी एकता गर्दा अहिले दुई जना नेताको मर्यादाक्रम टुंगिएको छ जस अनुसार ठाकुर जी पहिलो स्थानमा र पूर्व प्रधानमन्त्री भट्टराईलाई दोस्रो स्थानमा राखिने भएको छ, ’झाले भने,‘ बाँकी नेताहरूको मर्यादाक्रम पछि तय गर्दै जाने सहमति भएको छ । ’ उपेंद्र यादव , अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो सहित राजपाका अध्यक्ष मण्डलका अन्य सदस्यहरुको पनि टुंग्याउन बाँकी नै रहेको उनले बताए ।



    प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार मध्यरातमा एकता घोषणा गरेका हुन्। समाजवादी पार्टी फुटाउन तयारी गरेपछि त्यसलाई रोक्न समाजवादी र राजपाले एकता गरेर ओलीको योजनालाई फेल गराएका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार