Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले गर्‍यो चीन र रसियासहित ६ देशका ३५०० अकाउन्ट बन्द

    अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले गर्‍यो चीन र रसियासहित ६ देशका ३५०० अकाउन्ट बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । चर्चित एप ट्विटरले सरकारको अनावश्यक प्रचार गरेको भन्दै चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट बन्द गरिदिएको छ ।

    ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउनेलगातयका ३५०० ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ ।



    चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार व्यक्त गर्न बेइजिङले यी दुबै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ ।



    बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका ११२ अकाउन्ट बन्द गरिदिएको छ ।

    यस्तै, ट्विटरले चीनबाहेक रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको जनाएको छ।

    त्यसैगरी, मेक्सिकोका २७६ र भेनेजुएलाका २७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ । त्यस्तै, नागरिक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ ।

    अर्कोतर्फ राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४१८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार