Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस महोत्तरी अधिवेशन: निधि र पौडेल प्यानलबीच झडप, गुण्डा परिचालन गरेको आरोप

    कांग्रेस महोत्तरी अधिवेशन: निधि र पौडेल प्यानलबीच झडप, गुण्डा परिचालन गरेको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 2.1K
    SHARES

    महोत्तरी । नेपाली कांग्रेस महोत्तरी-३ को अधिवेशनमा संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हाे ।

    बन्दसत्रमा सहभागीहरूले बताएअनुसार निधि र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको हो । झडपमा निधि पक्षका नेता रामु यादव सामान्य घाइते भएका छन् ।



    महाेत्तरी-३ बाट मनोज झा, रामु यादव र रागवेन्द्र झा सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।



    यता, निधि निकट नेताहरूले भने कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीको कारण झडप भएको आराेप लगाएका छन् ।

    तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान गरेकाे तर विमलेन्द्रनिकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार