Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बूढानीलकण्ठबाट ४४ लिटर रक्तचन्दनको तेलसहित २ जना पक्राउ

    बूढानीलकण्ठबाट ४४ लिटर रक्तचन्दनको तेलसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले काठमाडौंको बूढानीलकण्ठबाट ४४ लिटर रक्त चन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रामेछाप उमाकुण्ड-४ घर भई हाल काठमाडौँ बालाजु बस्ने २७ बर्षीय रामबहादुर खत्री र कास्की लेखनाथ महानगरपालिका-१० घर भइ हाल काठमाडौँकै बूढानीलकण्ठ बस्ने ४० बर्षीय गंगाबहादुर पुन रहेका छन्।



    महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार बुधबार ४४ लिटर रक्त चन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको हो।



    बुढानिलकण्ठ-५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्त चन्दनको तेल प्रति लिटर रु ५ लाखका दरले अबैध कारोबार भई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनीहरुलाई पक्राउ गरेको एसपी कोइरालाको भनाइ छ।

    उनीहरुका अनुसार उक्त तेल नेपालगंजबाट ल्याएको र भारतबाट नेपाल हुदैँ चिनतर्फ तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको एसपी कोइरालाले बताए।

    उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय, हात्तीसार  पठाइएको महाशाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार