Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नभएको पद भन्दै बैठकमा जाँदै शर्मा

    नभएको पद भन्दै बैठकमा जाँदै शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.8K
    SHARES

    कठमाडौं । मेडिकल सामाग्री सप्लाई काण्डमा विवादित हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले आफु हिसानको कार्यबाहक अध्यक्ष भन्दै विभिन्न बैठकमा सहभागि हुने गरेको खुलेको छ । कोरोना सम्बन्धि उच्च स्तरीय समितिमा निजी विद्यालयको सञ्चालकको हैसियतले सबैको सहमति लिएर चैत महिनाको शुल्क फिर्ता लिने निर्णय गरेपछि विवादमा तानिएका शर्माले फेरी अर्को झेल गरेको खुलेको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले आज आयोजना गरेको परीक्षा सम्बन्धि छलफल कार्यक्रममा शर्मा हिसानको कार्यबाहक अध्यक्षको हैसियतमा उपस्थित भएका थिए । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले हिसानको कार्यबाहकको हैसियतमा शर्मालाई आमन्त्रण गरेको जानकारी गराउनुभयो । तर हिसानका अध्यक्ष रमेश सिलवालले हिसानमा अध्यक्ष हुदाहुदै बोर्डले वरिष्ठ उपाध्यक्ष शर्मालाई बोलाएकोमा आपत्ति जनाए ।



    उनले बोर्डले बोलाएको औपचारिक बैठकमा हिसानलाई निम्तो गर्नुपर्ने बताए । हिसानले अहिलेसम्म कसैलाईपनि कार्यबाहक अध्यक्षको जिम्मेवारी नदिएको उनकोे भनाई छ । तर शर्माले शिक्षा मन्त्रालय, बोर्ड लगायतका निकायमा हिसानले आफुलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको भन्दै हिडेको स्रोतको भनाई छ ।



    हिसानका महासचिव लोकबहादुर भण्डारीले बोर्डले छलफल गर्न बोलाउदा हिसानलाई पत्र पठाउनुपर्ने जिकिर गरे। उनले भने,’आजको बैठकको विषयमा हामीलाई जानकारी छैन, हामीले कोही प्रतिनिधि नै पठाएका छैनौ।’ हिसानले कुनैपनि पदाधिकारीलाई कार्यबाहक अध्यक्षको हैसियत प्रदान नगरेको स्पष्ट पारेको थियो । बोर्डका अध्यक्ष प्राडा पौडेलले शर्माले आफु कार्यबाहक अध्यक्ष भएको जानकारी गराएपछि बैठकमा बोलाएको बताए । नेपाल समाचार पत्रबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार