Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • युवतीलाई जंगलमा गाडीभित्रै बलात्कार गर्ने तीन युवा पक्राउ

    युवतीलाई जंगलमा गाडीभित्रै बलात्कार गर्ने तीन युवा पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 2.4K
    SHARES

    काभ्रेपलाञ्चोक । कोरोना भाईरसको त्रासमा मुलुक लकडाउनको बेलामा जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रेस विज्ञप्ती जारी गर्दै ती अभियुक्तहरुलाई ८ महिना पछि प्रहरीले आज नियन्त्रणमा लिएको बताइएको छ ।

    चालु लकडाउनको अवधीमा प्रहरीले जर्बजस्ति करणी अभियोगमा असोजदेखि फरार रहेका तीन युवाहरुलाई उनीहरुकै निवासमा लुकीछिपी बसेको ठाउँबाट अबैद्य हातहतियार सहित पक्राउ गरेको बताइएको छ ।



    ती युवाहरुले २०७६ असोज १३ गते धुलिखेलको हस्पिटल चोकमा बसोबास गर्दै आएकी १६ वर्षीय बालिकालाई प्रलोभन देखाई जर्बजस्ती करणी गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार बा.५.च ३८४९ नम्बरको बोलेरोमा राखी उनीहरुले धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पस भन्दा माथी जंगलमा लगेर गाडी भित्रै जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै बालिकालाई उनीहरुले धम्काएका थिए । घटनाबारे बालिकाको परिवारले असोज १६ गते मात्रै प्रहरीमा उजुरी दिएका थिए । उक्त घटनापछि ती युवाहरु फरार थिए ।



    करणी पश्चात फरार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) अन्र्तगत २०७६ असोज १६ गते जाहेरी दर्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमती लिई खोजतलास गरिरहेको प्रहरीले लुकीछिपी बसी रहेको अवस्थामा उनिहरुकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

    ती फरार अभियुक्तहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ८ कुन्तावेशी घर भई हाल बनेपा नगरपालिका वडा नं १० मा बस्दै आएका १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं ४ को शेरा घर भई बनेपा नगरपालिका वडा नं १० मा डेरा गरी बस्दै आएका १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका वडा नं ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो प्रहरीले बरामद गरेको छ । राजधानी दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार