Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • माेदीले भने-कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा छ

    माेदीले भने-कोरोनाविरुद्ध लड्न भारत नेपालको साथमा छ

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् । नेपाललाई बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका हुन् ।

    नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताउँदै मोदीले ट्विटरमा लेखेका छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ ।’मोदीले लेखेका छन्, ‘भारत कोभिड-१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’



    भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै सहयोगका लागि धन्यवाद दिएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार