Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • धरौटी बुझाएर छुटे कलैयाका नगर प्रमुख

    धरौटी बुझाएर छुटे कलैयाका नगर प्रमुख

    अनलाइन नेपाल
  • बिहिबार, ११ बैशाख २०७७
  • 1.3K
    SHARES

    वीरगञ्ज । राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनी बुधबार साँझ तारेखमा रिहा भएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले बुधबार बेलुका नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग २ लाख ८१ हजार धरौटी मागेको हो । दाल प्रकरणमा नगर प्रमुख समेत मुछिएका कारण जिल्ला प्रशासनमा अबेर रातिसम्म इजलास खोलिएको थियो ।



    नगर प्रमुख सहित ११ जना विरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको थियो । अन्य प्रतिवादीहरुसँग भने प्रशासनले ६० हजार रुपैयाँ धरौटी माग गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार