काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिंहदरबारभित्र गोली चलेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अनुपमा भारतीलाई कारबाही गरेको छ ।
गत कार्तिक १० गते सिंहदरबारभित्र राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालकी व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) भारतीले बोकेको पेस्तोलबाट अकस्मात गोली चलेको थियो।
प्रहरी प्रधान कार्यालयले असई भारतीको लापरबाहीका कारण सिंहदरबारभित्र दिउँसै गोली चलेको निष्कर्ष निकाल्दै उनीमाथि कारबाही गरेको जनाएको छ।
स्रोतका अनुसार असई भारतीलाई अभिलेखमा गणना हुने गरी नसियत दिइएको छ ।
उनलाई पीएसओको जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयमा तानिएको स्रोतको भनाइ छ।
Leave a Reply