Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी सांसदले एक घण्टामै बच्चा जन्माइन

    बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी सांसदले एक घण्टामै बच्चा जन्माइन

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । न्युजिल्यान्डकी एक सांसद प्रसूति बेथा लागेपछि साइकल चढेर अस्पताल पुगेकी छन् । अस्पताल पुगेको एक घन्टा नबित्दै उनले शिशु जन्माएकी छिन् ।

    ‘सुत्केरी बेथा लागेको बेला साइकल चलाएर अस्पताल जाने मैले कुनै योजना गरेकी थिइन, तर त्यही भयो,’ ग्रीन पार्टीकी सांसद जुली एनी जेन्टरले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ।



    पार्टीको यातायात मामिला प्रवक्तासमेत रहेकी उनी प्रसूति व्यथा लागेपछि साइकलमा चढेर अस्पताल गएको पहिलो पटक भने होइन । तीन वर्षअघि मन्त्री हुँदा पनि उनी गर्भवती भएकी थिइन् र सुत्केरी व्यथा लागेपछि साइकलमा नै अस्पताल हुइकिएकी थिइन् । अस्पतालको एउटा कार पार्कमा उनले पतिसँगको फोटो फेसबुकमा सेयर गरेकी छिन् ।



    साइकल चढेर अस्पताल जाने निर्णयले आफूलाई कुनै लाज नलागेको उनले बताइन् । उनी साइकल अभियन्ता पनि हुन् । वातावरण स्वच्छ र सफा राख्न पेट्रोल तथा डिजेलमा चल्ने गाडीको सट्टा साइकल चलाउनु पर्ने उनको जोड छ ।

    न्युजिल्यान्डमा यसअघि अन्य बहालवाला सांसदलाई सन्तान लाभ भएको थियो । सन् १९८३ मा एक जना सांसद दुधे बच्चा लिएर संसद भवन पुगेकी थिइन् । त्यस्तै, सन् २०१८ मा जसिन्डा आर्डनले प्रधानमन्त्री हुँदा नै बच्चा जन्माएकी थिइन् । उनले दुधे बच्चा बोकेर संसद भवनमा पनि पुगेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार