Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कोरोनाको खतरनाक ओमिक्रोनबाट बच्न जापानद्वारा विदेशी यात्रुमाथि प्रवेश रोक

    कोरोनाको खतरनाक ओमिक्रोनबाट बच्न जापानद्वारा विदेशी यात्रुमाथि प्रवेश रोक

    अनलाइन नेपाल
  • सोमबार, १३ मंसिर २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । कोभिड-१९ को नयाँ  भेरियन्ट ओमिक्रोन पुष्टिपछि जापानले सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार जापानले अन्तर्राष्ट्रिय यात्रुलाई प्रवेशमा रोक लगाएको हो ।

    सोमबार जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सबै विदेशी यात्रुलाई मुलुक प्रवेशमा रोक लगाउने बताए ।



    नयाँ कोरोना भेरियन्ट फैलिन थालेपछि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाइ गर्न थालेपछि जापानले पनि कडाइ गरेको हो ।



    यसअघि इजरायलले आइतबार सबै विदेशी यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ ।  मोरक्कोमा आजदेखि अन्य मुलुकबाट हुने सबै उडान बन्द गरिँदै छ ।

    बेलायत, अमेरिकासहितका विभिन्न मुलुकले दक्षिण अफ्रिकी मुलुबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन् । ओमिक्रोन भेरियन्ट बोत्स्वाना र हङ्‌कङमा पनि पाइएको छ।

    बिबिसीका अनुसार ओमिक्रोनलाई ‘चिन्ताजनक भेरियन्ट’ भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरिअन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ।

    अति उत्परिवर्तित यो भेरिअन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो।

    दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ।

    डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा ‘जोखिम र वैज्ञानिक आधार’ हेर्नुपर्ने बताएको छ। यद्यपि, यो नयाँ भेरिअन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार