चितवन । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्विरोध चयन भएका छन् । महासचिव पदका लागि निश्चित समयसिमाभित्र कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका हुन ।
बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।
यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा भने गरिसकेको छैन ।
Leave a Reply