Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना विरुद्ध लड्न भारतद्धारा नेपाललाई २३ टन औषधि सहयोग

    कोरोना विरुद्ध लड्न भारतद्धारा नेपाललाई २३ टन औषधि सहयोग

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं। बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न भारतले नेपाललाई २३ टन अत्यावश्यक औषधि प्रदान गरेको छ। आज नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले  स्वास्थ्य तथा जनसंख्यामन्त्री  भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गरेका हुन।

    सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु रहेको भारतीय दुताबासले जनाएको छ। उक्त सहयोगले नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउने वताइएको छ ।



    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । मोदीले  सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।



    भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको पनि जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार