Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • उदयपुरमा कोरोना संक्रमित बढ्दै गएपछि लहानमा त्रास, आवतजावत रोक्न माग

    उदयपुरमा कोरोना संक्रमित बढ्दै गएपछि लहानमा त्रास, आवतजावत रोक्न माग

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.3K
    SHARES

    सिरहा। उदयपुरको भुल्केमा थप ११ जनामा कोरोना भाइरस(कोबिड १९) को सङ्क्रमण पुष्टी भएपछि उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् ।

    उनीहरुले छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन्। उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले लहान पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले



    उदयपुरबाट हुने आवतजावत तत्काल रोक्न स्थानीय प्रशासनसँग माग गरेका छन् । आवतजावत रोक नलगाए स्थिति भयावह हुन सक्ने भएकाले लहानको पूर्वी प्रवेश नाकाबाट सर्वसाधारणको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुपर्ने नागरिक अगुवा रामानान्द गुप्ताको भनाइ छ ।



    उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा कोरोना सङ्क्रमितको संख्या २४ जना पुगेपछि सिरहाको लहानमा त्रास बढ्ेको हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको बिगत एक महिनादेखि दैनिक जीवन प्रभावित हुँदै आएको छ । यता सुरक्षाकर्मीले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् ।

    यसैबीच लकडाउनको मारमा परेका गरिब, विपन्न, असहाय र मजदूरलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले आजदेखि राहत वितरण शुरु गरेको छ । सखुवानन्कारकट्टी गाउँपालिकाले वडा नम्बर १ मौवाहीबाट राहत वितरण गर्न शुरु गरेको हो ।

    प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, दुई किलो चिनी, एक लिटर तेल, २५० ग्राम मिक्स मसला, ह्यान्डवास र साबुन एक/एक थानका दरले वितरण गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

    यसैगरी भाग्य सुरक्षा कृषि सहकारी संस्था लिमिटेडले लहान नगरपालिका—९ का ४० अति विपन्न मजदूर परिवारलाई राहत वितरण गरेको छ । प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, दुई किलो आलु, आधा लिटर खाने तेल, एक किलो नुन तथा दुई सय रुपैयाँ नगदका दरले राहत वितरण गरेको संस्थाका अमृतलाल चौधरीले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार