Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ललितपुर कांग्रेस अधिवेशन: उदय शम्शेरमाथि अमात्य समूहको गुण्डागर्दी !

    ललितपुर कांग्रेस अधिवेशन: उदय शम्शेरमाथि अमात्य समूहको गुण्डागर्दी !

    अनलाइन नेपाल
  • आइतबार, १२ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो ।



    आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।



    स्रोतका अनुसार कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नारावाजी भएको हो । मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेको स्रोतको भनाइ छ।

    राणापक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका हुन् । जावलाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

    केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई रहेको छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार