Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • महिलामाथि कुटपिट, बाबु–छोरा पक्राउ

    महिलामाथि कुटपिट, बाबु–छोरा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडाैँ । महिलामाथि गालीगलौज तथा कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–१३ बस्ने ५१ वर्षीय नन्दकिशोर कलौनी र उनका २४ वर्षीय छोरा जगदीशलाई पक्राउ गरेको हो ।

    उनीहरुले मादक पदार्थ सेवन गरी स्थानीय तीन महिलालाई गालीगलौजसँगै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले स्थानीय गुमला चन्द, निजका छोरी अनुता र ज्योतिलाई गालीगलौज गरी कुटपिट गर्दा टाउको र हातमा चोट लागि घाइते भएको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । दुवै बाबु–छोरालाई पक्राउ गरी म्याद थप लिइ अनुसन्धान भइरहेको र पीडितको उपचार भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिए।



    यसैगरी कैलालीमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले गौरीगङ्गा नगरपालिका–१० भगतपुर बस्ने २० वर्षीय केशव चौधरीलाई चोरीको आरोपमा पक्राउ गरेको हो । कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले युवकले विभिन्न मितिमा कैलारी गाउँपालिकाका दुई स्थानमा चोरी गरेको जानकारी दिए ।



    युवक चौधरीले गत चैत २० गते कैलारी गाउँपालिका–८ पृथ्वीपुर मोहना बजारस्थित रुभान फेन्सी पसलबाट लुगाकपडा, नगद, चेक, पासबुक गरी रु ५३ हजार ७५० र वैशाख ४ गते कबिर एण्ड राज ट्रेडर्समा मोबाइल, राउटर गरी रु ४९ हजार १५० बराबरको सामान चोरी गरेको जनाइएको छ । उनले घटना अनुसन्धानमा खटिइएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा ती युवकबाट सामान बरामद गरिएको जानकारी दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार