Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना संक्रमितकाे संख्या ४५ पुग्याे

    नेपालमा कोरोना संक्रमितकाे संख्या ४५ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संख्या ४५ पुगेकाे छ। बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।



    संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ । सातजना भने डिस्चार्ज भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार