Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

क्यान्सर रोगको औषधी तत्काल उपलब्ध गराउन सांसद थपलियाको माग

क्यान्सर रोगको औषधी तत्काल उपलब्ध गराउन सांसद थपलियाको माग

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया(उर्मिला)ले क्यान्सर रोगका विरामीहरुले अत्यावश्यक औषधी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । 

आजको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थपलियाले क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग प्रश्न गरेकी हुन् । 

भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै आफूलाई सम्पर्क गरेको भन्दै उनले स्वास्थ्यमन्त्रीसँग अलिे सिस्प्लाटिन नेपालका कुन–कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ ? भनेर प्रश्न गरेकी हुन् ।

सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना बारे प्रश्न गर्दै उनले उनले तत्काल बिरामी र परिवारजनलाई औषधी उपलब्ध गराउन माग गरिन् । 

यस्तो सांसद थपलियाको भनाइ

क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिस्प्लाटिन (Cisplatin) र कार्बोप्लाटिन (Carboplatin) को अभावका कारण उपचारमा गम्भीर समस्या भोगिरहेको विषयमा सदनमा प्रश्न उठेपछि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिनुभएको जानकारी प्राप्त भएको थियो ।

तर आज पनि देशभरका बिरामी तथा उनीहरूका परिवारजनले सिस्प्लाटिन नपाएको गुनासो गरिरहेका छन । हिजो मात्र भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गर्नुभएको थियो ।

त्यसैले म माननीय मन्त्रीज्यूसँग जान्न चाहन्छु ! 

पहिलो, हाल सिस्प्लाटिन नेपालका कुन-कुन अस्पताल वा औषधि केन्द्रमा उपलब्ध छ ? यो जानकारी बिरामी र परिवारजनलाई तत्काल उपलब्ध गराइयोस् ।

दोस्रो, सिस्प्लाटिन र कार्बोप्लाटिन जस्ता अत्यावश्यक क्यान्सर औषधिको अभाव अब दोहोरिन नदिन सरकारको तत्काल र दीर्घकालीन योजना के छ?

तेस्रो, मन्त्रीज्यूले निर्देशन दिनुभएका कम्पनीहरूको निरीक्षण तथा अनुमति प्रक्रियामा हालसम्म के प्रगति भएको छ ? र त्यसबाट औषधिको आपूर्तिमा कहिलेदेखि सुधार देखिनेछ ?

बिरामिहरुले अत्यावश्यक औषधि सहज रूपमा पाउने सुनिश्चितताबारे मन्त्रीज्यूले यस सम्मानित सदनलाई स्पष्ट जानकारी गराइदिनुहुन अनुरोध गर्दै बिरामिको जिवन संग खेलवाड नगर्न म सरकार संग आग्रह गर्दछु ।  मन्त्री ज्युले निर्देशन दिने मात्र हैन बिरामिले औषधि प्राप्त गरेकि गरेनन भनेर सम्बधित निकायहरुमा बुझ्न पनि अनुरोध गर्दछु ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077