Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सरकारको कामप्रति असन्तुष्टि जनाउँदै शंकर पोखरेलले भने- यस्तो सुशासन चाहिँदैन

सरकारको कामप्रति असन्तुष्टि जनाउँदै शंकर पोखरेलले भने- यस्तो सुशासन चाहिँदैन

मंगलवार , जेठ २६, २०८३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

'सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो। भो, यस्तो सुशासन चाहिँदैन,' उनले लेखेका छन् ।

पछिल्लो समय एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति तथा सरकारको सुशासन, पारदर्शिता र जिम्मेवारीको विषयमा असफल भएको आरोप लगाउँदै सदन समेत अवरोध गर्दै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077