Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधनका लागि नागरिकबाट ४४ हजारभन्दा बढी सुझाव

संविधान संशोधनका लागि नागरिकबाट ४४ हजारभन्दा बढी सुझाव

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदललाई देशभर तथा विदेशमा रहेका नेपाली नागरिकबाट ४४ हजार ६ सय १३ वटा सुझाव प्राप्त भएका छन् ।

संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा नागरिकको अभूतपूर्व सहभागिता देखिएको भन्दै कार्यदलले प्राप्त सुझावहरूको अध्ययन र विश्लेषण प्रक्रिया अघि बढाएको छ।

कार्यदलको सचिवालयले जेठ ८ गते सार्वजनिक सूचना जारी गर्दै संविधान संशोधनका लागि नागरिकका लिखित सुझाव आह्वान गरेको थियो। त्यसपछि छोटो अवधिमै हजारौं नागरिकले विभिन्न माध्यमबाट आफ्नो धारणा र प्रस्ताव पठाएका हुन्।

कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीका अनुसार कुल १९ हजार २ सय ३९ सुझाव इमेलमार्फत प्राप्त भएका छन् भने २५ हजार ३ सय ७४ सुझाव सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत आएका छन्।

संविधान संशोधन प्रक्रियामा सबै नेपालीको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन अभियान सञ्चालन गरिएको उनले बताए।

प्राप्त सुझावहरूमा शासन प्रणाली, संघीय संरचना, निर्वाचन प्रणाली तथा न्यायिक सुधारका विषय प्रमुख रूपमा उठेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077