Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार, सुनौली नाकामार्फत स्वदेश फर्काइँदै

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार, सुनौली नाकामार्फत स्वदेश फर्काइँदै

शनिवार , जेठ १६, २०८३

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट करिब ५०० नेपाली नागरिकको उद्धार गरिएको छ ।

विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याइएका उनीहरूलाई बन्दक बनाइएको अवस्थामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार गरिएको हो ।

रुपन्देही प्रहरीका अनुसार गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली कुशीनगर पुगेको थियो। संयुक्त अपरेसनमार्फत त्यहाँ रहेका नेपालीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका सबै नेपालीलाई सुनौली सीमा नाकामार्फत नेपाल ल्याउने प्रक्रिया जारी रहेको छ। उनीहरूलाई आवश्यक सुरक्षा तथा समन्वयका साथ स्वदेश फर्काइँदै गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विभिन्न आकर्षक प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत लगिएको थियो। त्यसपछि उनीहरूलाई बन्दक बनाएर राखिएको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077