Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीका ५३ व्यावसायिक प्रतिष्ठानले राज्यलाई तिरिनन् कर, बैंक खाता रोक्काको चेतावनी

धनगढीका ५३ व्यावसायिक प्रतिष्ठानले राज्यलाई तिरिनन् कर, बैंक खाता रोक्काको चेतावनी

मंगलवार , जेठ १२, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा होटल, अस्पताल, उद्योग, निर्माण कम्पनी तथा सप्लायर्ससहित ५३ व्यावसायिक संस्थाले लामो समयदेखि राज्यलाई कर नतिरेको खुलासा भएको छ ।

आन्तरिक राजस्व कार्यालय धनगढीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कर नतिर्ने, पटक–पटकको ताकेता अटेरी गर्ने तथा कतिपय सम्पर्कविहीन भएका व्यवसायीहरूको नामावली सार्वजनिक गरेको हो ।

कार्यालयले १५ दिनभित्र बक्यौता कर चुक्ता नगरे कानुनअनुसार बैंक खाता रोक्का, सम्पत्ति जफत, लिलाम बिक्रीदेखि कारोबार रोक्कासम्मका कडा कारबाही अघि बढाइने चेतावनी दिएको छ ।

राजस्व कार्यालयका अनुसार करदाताहरूलाई यसअघि फोन, एसएमएस र पत्राचारमार्फत पटक–पटक जानकारी गराइएको थियो। तर, केही व्यवसायीले अटेर गरेपछि र कतिपय सम्पर्कविहीन भएपछि सार्वजनिक सूचनामार्फत नाम सार्वजनिक गर्नुपरेको जनाएको छ।

कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ र आयकर ऐन, २०५८ अनुसार कर नतिर्ने करदातामाथि कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। सूचनाअनुसार बैंक तथा वित्तीय संस्थामा रहेको रकम कट्टा गरिनेछ भने चल–अचल सम्पत्ति कब्जा गरी लिलाम बिक्री प्रक्रिया सुरु गरिनेछ। साथै, आयात–निर्यात र व्यावसायिक कारोबारसमेत रोक्का गरिने चेतावनी दिइएको छ ।

कर नतिर्ने सूचीमा माया मेट्रो अस्पताल, नोभा हस्पिटल, होटल डिभोटी एण्ड रेष्टुरेन्ट बार, वासु लिङ्ग सुगर एण्ड जनरल इन्डष्ट्रिज, उच्चाकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी, सुदूर फुड इण्डष्ट्रिज तथा सेती प्लाष्टिक उद्योगलगायतका संस्था परेका छन्।

यस्तै, विभिन्न ट्रेडर्स, सप्लायर्स, निर्माण कम्पनी, अटोमोबाइल्स, खाद्य उद्योग तथा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका दर्जनौं संस्थाहरू पनि कर बक्यौता सूचीमा समावेश छन् ।

7046359.jpg
undefined

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077